Logo

३ हजार मेवा बिजुली उत्पादन गर्दै प्राधिकरण, यस्तो छ सेयर संरचना, स्थानीयलाई कति ?

३ हजार मेवा बिजुली उत्पादन गर्दै प्राधिकरण, यस्तो छ सेयर संरचना, स्थानीयलाई कति ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल ३ हजार मेगावाट क्षमताको जलविद्यत आयोजना निर्माण कार्य अघि बढाउने भएको छ । हाल ती आयोजनाको कम्पनी दर्ता तथा बोर्ड गठनलगायतका काम सम्मपन्न भइसकेको र केही आयोजनाको डिटेल प्रोजेक्ट रिपार्ट (डिपीआर) समेत अन्तिम चरणमा पुगेको  नेपाल विद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले बिजखबरलाई बताए । ‘प्राधिकरणले ३ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने गरी काम अघि बढाएको छ,’ उनले भने, ‘जसमध्ये एक सय मेगावाटको तामाकोशी ५ को निर्माणकार्य समेत शुरु भइसकेको छ ।’ तामाकोशी ५ जलविद्युत आयोजना माथिल्लो तामाकोशीको टेलरेसबाट आएको पानीले नै संचालन गर्ने हुँदा सोही आयोजनालाई नै उक्त आयोजना निर्माणको जिम्मा दिइको र त्यसको निर्माणकार्य समेत अघि बढेको उनले जानकारी दिए ।

प्राधिकरणले तत्कालै ७ सय मेवाको माथिल्लो अरुणको काम अघि बढाउने भएको छ । आगामी आर्थिक वर्षमा उक्त आयोजना निर्माणका लागि एक्सेस रोड तथा टनेललगायतका काम अघि बढाइने घिसिङले जानकारी दिए । विश्व बैंकको सहयोगमा बनाउन लागिएको सो आयोजना स्वदेशी लगानीमै भएपनि निर्माण गरिने उनको दावी छ । ‘आयोजना निर्माणका लागि विश्व बैंक, एशियाली विकास बैंक तथा जाइकाले इच्छा जाहेर गरेका छन्,’ उनले भने, यदि उनीहरुले लगानी गरेनन् भने कर्मचारी संचयकोष, नागरिक लगानी कोषलगायतका संस्थासँग सहकार्य गरेर निर्माण गरिने छ ।’

प्राधिकरणले विभिन्न ८ वटा आयोजना अघि बढाएको छ । जसमध्ये केही आयोजनाको केही समयभित्रै ग्लोबल टेण्डर आब्हान गरिने समेत घिसिङले जानकारी दिए । हाल आठ बटै कम्पनी दर्ता गरेर ती कम्पनीको संचालक समिति समेत गठन भइसकेको छ । ती सबै कम्नपीको अध्यक्ष भने प्राधिकरणका कार्यकारी निर्देशक नै रहने व्यवस्था छ ।

प्राधिकरणले तत्कालका लागि माथिल्लो अरुणका साथै ९ सय मेगावाटको दूधकोशीलाई समेत अघि बढाउने भएको छ । दुबै आयोजनाको डिपिआर अन्तिम चरणमा पुगेको र केही समयभित्रै टेण्डर आब्हान गरिने उनले जानकारी दिए । साथै १ सय ८० मेगावाटको आँधीखोला जलविद्युत आयोजनाको पनि डिपिआर अन्तिम चरणमा पुगेको छ । यसका साथै ४० मेगावाटको राहुघाट, ३ सय मेगावाटको उत्तर गंगा, ७ सय ६२ मेगावाटको तमोर समेत अघि बढाउन सम्पूर्ण तयारी पुरा गरेको छ । साथै ४२ मेवाको माथिल्लो मोदी ’ए’ समेत अघि बढाइएको उनले जानकारी दिए । तर, उत्तर गंगा तथा तमोरको क्षमता अझै बढ्ने उनले जानकारी दिए ।

घिसिङका अनुसार ती आयोजना निर्माणका लागि सेयर संरचना समेत तयार भइसकेको छ । जसमा प्राधिकरणकै बहुमत सेयर रहने छ । प्राधिकरणले सबै आयोजनाको ६८ प्रतिशत सेयर होल्ड गर्ने छ भने सर्बसाधारणलाई १५ प्रतिशत सेयर दिइने छ । यसैगरी, १० प्रतिशत स्थानीयलाई दिइने छ भने ५ गते कर्मचारी र २ प्रतिशत सेयर विपन्न वर्गलाई दिइने छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL