Logo

११ अर्ब लगानीको सोलु-दुधकोशी आयोजनालाई उद्योग विभागको स्विकृती

११ अर्ब लगानीको सोलु-दुधकोशी आयोजनालाई उद्योग विभागको स्विकृती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वदेशी लगानीमा सोलुखुम्बु जिल्लामा जलविद्युत आयोजना निर्माणको प्रक्रिया अघि बढेको छ । साहस उर्जा लिमिटेडले जलविद्युत आयोजना निर्माणार्थ चैत ३० गते उद्योग विभागमा प्रस्ताव राखेको हो ।

८६ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि प्रस्ताव प्राप्त भएकोे विभागका अनुमति शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए । साहस उर्जा लिमिटेडले उद्योग विभागबाट हालैमात्र स्विकृती पनि पाएको छ ।

साहसले सोलु दुधकोसी आयोजना निर्माण गर्ने जनाएको हो । कम्पनीले विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), ऊर्जा मन्त्रालयबाट विद्युत उत्पादन अनुमतिपत्र पनि प्राप्त गरिसकेको छ ।

पहुँचमार्ग निर्माणको क्रममा रहेको आयोजना तीन बर्षमा सम्पन्न गर्ने कम्पनीको योजना छ । प्रतियुनिट लागत दुई रुपैयाँ सात पैसा पर्ने अनुमान गरिएको यो आयोजना अन्य आयोजनाभन्दा कम भएको कम्पनीको दाबी छ ।

सोलुखोलाको पानी ३ किलोमिटर लामो सुरुङबाट दुधकोसीमा लगेर विद्युत् उत्पादन गर्ने गरी आयोजनाको प्रारुप तयार गरिएको छ । आयोजनाबाट वार्षिक ५२ करोड ८ लाख २० हजार युनिट बिजुली उत्पादन हुनेछ ।

सो आयोजनाको लगानीकर्तामा हिमप्रसाद पाठक रहेका छन् । कम्पनीले ११ अर्व ८६ करोड रुपैयाँ लगानीमा जलविद्युत आयोजना बनाउन लागेको हो । सो आयोजनाबाट ८६ मेगावाट विजुली उत्पादनको लक्ष्य कम्पनीले राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL