Logo

कोरोना संक्रमण नियन्त्रणका लागि आजदेखि विराटनगरमा १४ दिन लकडाउन

कोरोना संक्रमण नियन्त्रणका लागि आजदेखि विराटनगरमा १४ दिन लकडाउन



काठमाडौं । विराटनगर महानगरपालिकाले कोभिड–१९ संक्रमण समुदायमा फैलिन नदिन गएराति १२ बजेदेखि नगरक्षेत्रमा बन्दाबन्दी गर्ने निर्णय गरेको छ ।

laxmi

महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सिसिएमसी)को शुक्रबार बसेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमित वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवं रोकथामका लागि साउन ३० गते राति १२ बजेसम्मका लागि महानगर क्षेत्रभित्र लागू हुने गरी उक्त निर्णय गरेको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिए।

विराटनगर क्षेत्रमा समुदायस्तरमा संक्रमण फैलिरहेको अवस्थामा यसबाट हुन सक्ने सम्भावित उच्च जोखिम रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने स्थिति सिर्जना भइसकेकाले बन्दाबन्दीको निर्णय गरिएको उनले बताए । बन्दबन्दीमा बजार र सर्वसाधारणको आवागमन पूर्णरुपमा रोक लगाइएको छ ।

उक्त अवधिमा खाद्यान्न, तरकारी तथा फलफूल पसल (पुरानो र नयाँ गुद्री बजारबाहेक) औषधि पसल, दूध, पानी, ग्यास र इन्धन, अक्सिजन, बारुणयन्त्र सेवा, एम्बुलेन्स, अस्पताल तथा नर्सिङ होम (बहिरङ सेवाबाहेक), आइसिपीबाट आउने जाने मालवाहक सवारीसाधन, सरसफाइकर्मी, स्वास्थ्यकर्मी, सञ्चार लगायत अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा महानगर क्षेत्रभित्र बन्द गरिएको छ । विराटनगरमा आजसम्म सङ्क्रमितको सङ्ख्या १०७ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL