Logo

सैनिक कल्याणकारी कोषबाट राजश्वमा ४५ करोड योगदान

सैनिक कल्याणकारी कोषबाट राजश्वमा ४५ करोड योगदान



काठमाडौं । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६÷७७ मा ४५ करोड रुपैयाँ राजश्वमा योगदान दिएको छ । उक्त कोषद्वारा आज सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजश्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

मुलुकका क वर्गका विभिन्न बैंकमा उक्त कोषको ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ नगद मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल ५१ अर्ब ६१ करोड चार लाख रुपैयाँ पुगेको छ । केही वर्षअघिसम्म कोषको ८५ करोड रुपेयाँ निक्षेप जोखिममा रहेकामा अहिले घटेर ५ करोड दुई लाख ६६ हजार रुपैयाँमा झरेको छ ।

कोष र अन्तर्गतका निकायको फछ्र्यौट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रहेको जानकारी दिइयो । उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्यौट भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL