Logo

भोलीदेखि सार्वजनिक यातायात पनि चल्ने, ५० प्रतिशत भाडा बढाउने सरकारी निर्णय

भोलीदेखि सार्वजनिक यातायात पनि चल्ने, ५० प्रतिशत भाडा बढाउने सरकारी निर्णय



काठमाडौं । अबदेखि काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातायात चल्ने भएका छन् । बिहीबार पछिल्लो मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले उक्त निर्णय भएको बताएका हुन ।

laxmi

उनका अनुसा सार्वजनिक यातायातहरुले अब सिट क्षमताको आधा मात्रै यात्रु राखेर मास्क अनिवार्य गरेर सार्वजनिक यातायात संचालन गर्ने बताएका हुन । भोलीबाटै लागु हुनगरी यस्तो निर्णय भएको उनको भनाई छ ।

यस्तै ट्याक्सीहरु समेत भोलीदेखि चल्ने भएका हुन् । असार २३ गते बसेको मन्त्रिपरिषदले साविकको भाडादरमा ५० प्रतिशत थप भाडा लिएर सार्वजनिक सवारीसाधन चलाउन सकिनेगरी निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL