Logo

कोरोना संक्रमितको संख्या पुन : १३ थपियो, कुल संक्रमितको संख्या १८११ पुग्यो

कोरोना संक्रमितको संख्या पुन : १३ थपियो, कुल संक्रमितको संख्या १८११ पुग्यो



काठमाडौं । सोमबार पुन कोरोना संक्रमितको संख्या थपिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप संक्रमितको संख्या १३ जना रहेको छ । थप संक्रमितसँगै संक्रमित हुनेको संख्या १८ सय ११ पुगेको छ ।

मन्त्रालयका अनुसार पाल्पा निस्दी गाउँपालिकाका २ जना, नवलपरासी सरावल गाउँपालिकाका ६ बर्षिय बालक, गुल्मी रेसुंगा नगरपालिकाका १ जना, कपिलवस्तु मायादेवि गाउँपालिकाका ७ जना र रुपन्देही गैडहवा गाउँपालिकाका ३ बालिकासहित १ जना पुरुष रहेका छन ।

हाल उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । यस अघि सोमबार दिउँसो २२६ जना संक्रमित भेटिएको मन्त्रालयले पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL