Logo

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ११२ जनाले जिते कोरोना

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुग्यो, ११२ जनाले जिते कोरोना



काठमाडौं । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो । बाराको करैयामाई गाउँपालिका ७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो ।

वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते मृत्यु भएको थियो । उनको त्यही दिन बारामा लगेर अन्त्येष्टि गरिएको थियो । तर सोमबार विहान उनको कोरोना पोजेटिभ भएको रिपोर्ट आएको छ ।

यसका साथै नेपालमा कोरोनालाई जित्नेको संख्या पनि १ सय १२ जना पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना जितेर डिस्चार्ज हुनेको संख्या पनि बढ्दो छ । हालसम्म संक्रमितको संख्या भने ६ सय ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL