Logo

अत्यावश्यक सामग्रीमात्र आयात गर्न चीनतर्फका नाका खुले, हेल्थडेस्क राखेर नाका सञ्चालन

अत्यावश्यक सामग्रीमात्र आयात गर्न चीनतर्फका नाका खुले, हेल्थडेस्क राखेर नाका सञ्चालन



काठमाडौं । माघदेखि बन्द रहेका चीनतर्फका नाका सञ्चालनमा आएका छन् । चीनमा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि बन्द गरिएका चीनतर्फका तातोपानी भन्सार नाका र रसुवा भन्सार नाका बुधबार साँझदेखि सञ्चालनमा आएका हुन् ।

laxmi

भन्सार विभागका महानिर्देशक सुमन दाहालले तातोपानी नाका खुलेकै दिनदेखि स्वास्थ्य सामग्री भित्रिएको जानकारी दिए । तातोपानी नाका गत माघ १३ देखि बन्द थियो । अब यी नाकाबाट सामान आउन सक्नेछन् । पहिलो प्राथमिकतामा स्वास्थ्य सामग्री रहने दाहालले बताए ।

अत्यावश्यक सामग्री ल्याउन लागि मात्रै यी नाका खोलिएको बताइएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL