Logo

सुर्खेत विमानस्थल विस्तारका लागि ८ अर्बको योजना, प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको प्रधिकरणको दाबी

सुर्खेत विमानस्थल विस्तारका लागि ८ अर्बको योजना, प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको प्रधिकरणको दाबी


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । कर्णाली क्षेत्रको मुख्य बिमानसथलको रुपमा रहेको सुर्खेत विमानस्थल विस्तार अन्यौलमा परेको छ ।

laxmi

उक्त बिमानस्थल बिस्तारका लागि उक्त विमानस्थल विस्तारको लागि केन्द्र सरकार र प्रदेश सरकारबीच बिभिन्न चरणमा छलफल भए पनि प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरलेलका अनुसार उक्त विमानस्थल विस्तारको लागि प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको हो । सो बिमानस्थल बिस्तारका लागि जग्गाको मुआब्जामा मात्रै ५ अर्ब रुपैयाँ खर्च हुने प्राधिकरणको अनुमान रहेको छ ।

सो विमानस्थल विस्तारको लागि १६ बिघा जमिन अधिग्रहण गर्न आवश्यक छ । विमानस्थल विस्तारको अन्य संरचना निर्माण गर्न ३ अर्ब रुपैयाँ बजेट लाग्ने पोखरेलले जानकारी दिएका छन । मुआब्जाको ५ अर्ब रुपैयाँ मध्ये ७५ करोड रुपैयाँ सो क्षेत्रमा पर्ने घरहरुको लागि दिनु पर्ने छ भने ५० करोड रुपैयाँ विद्यालय तथा ३ अर्ब ७५ करोड रुपैयाँ जग्गामा खर्च हुने छ ।

मुआब्जालगायतमा खर्च धेरै हुने भए पछि लगानी कहाँबाट जुटाउने भनेर प्रदेश सरकारले ठोस प्रस्ताव ल्याउन नसकेको पोखरलेको भनाई रहेको छ । हाल उक्त विमानस्थल १२ सय मिटर लम्बाई र ३० मिटर चौडाई रहेका धावनमार्ग रहेको छ । ३ सय मिटरको धावनमार्ग विस्तार पछि सो विमानस्थलमा ७२ सिटे जहाज उडान अवतरण गर्न सकिने छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने प्रदेश सरकार र केन्द्र सरकारको लगानीमा निर्माण हुने गरी पर्यटन मन्त्री योगेशकुमार भट्टराई र प्रदेशका मुख्यमन्त्री महेन्द्रशाहीबीच ५ पटकसम्म छलफल भएर काम अगाडि बढेको जानकारी दिएका छन ।

उक्त बिमानस्थलमा थप ३ सय मिटर विस्तारको लागि केन्द्र सरकार र प्रदेश सरकारको ४÷४ अर्ब रुपैयाँ लगानी हुने गरी कुल ८ अर्ब रुपैयाँमा निर्माण गर्ने तयारी भईरहेको मन्त्रालयले जानकारी दिएको छ । सो विमानस्थलबाट हाल काठमाडौं, जुम्ला, सिमिकोट, मुगु, बझाङ तथा बाजुराको कोल्टीमा उडान अवतरण गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL