Logo

महँगो हुँदापनि नेपालीले खाए ५ महिनामा १ अर्ब ६७ करोडको प्याज

महँगो हुँदापनि नेपालीले खाए ५ महिनामा १ अर्ब ६७ करोडको प्याज



काठमाडौं । पछिल्लो केही महिनामा प्याजको मूल्य आकाशिएको छ । जसका कारण धेरै नेपालीका भान्छामा हिजोआज प्याज दुर्लभ बनेको छ । भारतीय बजारमा प्याजको मूल्य आकाशिएपछि नेपालमा प्याजको आयात पनि घटेको छ । पछिल्लो ५ महिनामा गत बर्षको सोही अवधिको तुलनामा प्याज आयात २० लाख ९३ हजार किलोले घटेको हो ।

laxmi

भन्सार विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक बर्षको पहिलो ५ महिनाको प्रतिवेदनअनुसार यस अवधिमा १ अर्ब ६७ करोड रुपैयाँ बराबरको ४३ करोड ३३ लाख किलो प्याज आयात भएको छ । तर गत बर्षको सोही अवधिमा भने २ अर्ब २ करोड रुपैयाँ बराबरको ६४ करोड ३४ लाख किलो प्याज आयात भएको थियो ।

नेपालमा गत बर्षसम्म भारतबाट मात्रै आयात हुने प्याज यो बर्षदेखि भने अन्य २ देशबाट आउन थालेको छ । विभागको तथ्याङ्कमा गत बर्ष भारतबाट मात्रै प्याज आयात भएको भएपनि चालु आवमा भने अन्य चीन र नामिबिया थपिएका छन् । गत आवको ५ महिनामा भारतबाट मात्रै सबै प्याज आायात भएको थियो ।

भारतबाट आायात घट्यो

गत बर्षसम्म नेपालमा भारतबाट मात्रै आयात हुने प्याज भारत सरकारले नै प्याजको मूल्य आकाशिएपछि निर्यातमा प्रतिवन्धको घोषणा गरेको थियो । सोही प्रतिबन्धपछि नेपालमा भारतबाट ५ महिनामा जम्मा १ अर्ब ५४ करोड रुपैयाँ बराबरको ४ करोड १२ लाख किलो प्याज आयात भएको हो ।

यस्तै चालु आवको ५ महिनामा १२ करोड ३८ लाख रुपैयाँ बराबरको २० लाख किलो प्याज आयात भएको छ । यस्तै यो बर्ष नेपालका लागि प्याजको नयाँ निर्यातकर्ता नामिबियाबाट ३ लाख ८७ हजार रुपैयाँ बराबरको १२ हजार किलो प्याज आयात भएको छ । यसरी भारतले प्याजको मूल्यवृद्धिसँगै निर्यातमानै प्रतिवन्ध लगाएपछि भारतबाट आयात घटेको छ ।

नेपाली बजारमा प्याजको मूल्य

हाल नेपाली बजारमा प्याजको खुद्रा मूल्य १ सय ९५ रुपैयाँसम्म पुगेको छ । गत बर्षको सोही अवधिमा नेपाली बजारमा प्याजको खुद्रा मूल्य प्रतिकिलो ४५ रुपैयाँ थियो । नेपाली बजारमा प्याजलगायतका विभिन्न तरकारीहरुको मूल्यमा ठूलो वृद्धि भएको छ । गत बर्ष .प्रतिकिलो २७ रुपैयाँ थोक मूल्य रहेको हाल बढेर प्रतिकिलो १ सय ६२ रुपैयाँ पुगेको छ । हाल चिनियाँ प्याजको खुद्रा मूल्य प्रतिकिलो १ सय ५५ रुपैयाँ र थोक मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL