Logo

चक्रपथमा मोनोरेल : चिनियाँ कम्पनीले जनवरीभित्रै डीपीआर बुझाउने, डीपीआर पछि टेण्डर हुने

चक्रपथमा मोनोरेल : चिनियाँ कम्पनीले जनवरीभित्रै डीपीआर बुझाउने, डीपीआर पछि टेण्डर हुने



काठमाडौं । काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन डीपीआर अन्तिम चरणमा पुगेको छ । काठमाडौं महानगरपालिकाका अनुसार डीपीआरको प्रतिवेदन जनवरी भित्रै प्राप्त हुने छ ।

laxmi

प्रतिवेदन प्राप्त भए पछि मात्रै चक्रपथमा मोनो रेल संचालन गर्ने या नगर्ने टुङ्गोमा लाग्ने छ । महानगरपालिकाले डीपीआर प्रतिवेदन तयार पार्न चीनको चाइना रेल वे २५ औं व्युरो ग्रुपसँग गत बर्षको भदौमा सम्झौता गरेको थियो । सम्झौता अनुसार कम्पनीले यही जनवरी भित्रै डीपीआर प्रतिवेदन बुझाउन लागेको महानगरका निर्देशक महेश काफ्लेले जानकारी दिए ।

साढे २७ किलोमिटर चक्रपथ मोनो रेल निर्माण गर्न के कति खर्च लाग्न, कसले कसरी लगानी जुटाउने भन्ने बिषय भने प्रतिवेदन पछि मात्रै निर्णय हुने निर्देशक काफ्लेले बताए । उनले भने, ‘अहिले नै रेल कस्तो रेल निर्मा(ण गर्ने भनेर टुंगो लागेको छौ भने सम्झौता पनि भएको छैन । मोनो रेल बनाउने कि मेट्रो रेल बनाउने भनेर डीपीआर प्रतिवेदन आईसके पछि मात्रै निर्णय हुन्छ ।’

तर, यसअघि चाइना रेलवे २५ औँ व्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसीसी) ले प्रारम्भिक प्रतिवेदन बुझाएसँगै काठमाडौंको चक्रपथमा ३ बर्ष भित्रै मोनो रेल संचालन गर्ने हल्ला बाहिर आएको थियो । निर्र्दे शक काफ्लेले ती सबै हल्ला निराधार रहेको बताए ।

‘अहिले डीपीआर त आएको छैन, कसरी सम्भव हुन्छ र ३ बर्षमा रेल संचालन गर्न ?’, उनले भने,–‘यो सबै हल्ला मात्रै हो, जब डीपीआरको प्रतिवेदन आउँछ त्यसछि मात्रै कसले बनाउने, लगानी कसरी जुटाउने भन्ने बिषयमा छलफल हुन्छ । अनि मात्रै थाहा हुन्छ कि कति बर्षमा रेल संचालन गर्न सकिन्छ भनेर ।’

चीनियाँ कम्पनीले प्रारम्भिक प्रतिवेदन बुझाएसँगै काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यकालमा काठमाडौं वासीको मोनोरेल चढ्ने सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

तर, निर्देशक काफ्लेका अनुसार उक्त प्रतिवेदन आए पछि मात्रै अध्ययन गरी लगानी कसरी जुटाउनेदेखि निर्माणको जिम्मा कस्लाई दिने भनेर बोलकबोल (टेण्डर) हुने छ । उनका अनुसार भौगोलिक अवस्थाले नदिएको खण्डमा भने मोनो रेल संचालन गर्ने सपना सपनामै सीमित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL