Logo

पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक, ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिने

पारवहन सन्धि पुनरावलोकन गर्न भारत सकारात्मक, ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिने



काठमाडौँ । भारत नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन गर्न सकारात्मक देखिएको छ । मंगलबारदेखि राजधानीमा शुरु भएको नेपाल–भारत पारवहन सन्धि पुनरावलोकन बैठकमा भारतीय पक्ष सन्धि पुनरावलोकनका लागि तयार भएको हो । तेस्रो मुलुकसँग नेपालको व्यापार पहुँच विस्तार तथा सहजीकरण गर्न दुवै देशका अधिकारीबीच बैठक बसेको हो ।

laxmi

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले पारवहन सन्धि पुनरावलोकनका विषयमा दुई पक्षबीच छलफल भएको बताए । ‘बल्क कार्गो’ ढुवानीका लागि दुई थप नाका दिन भारतीय पक्ष सकारात्मक भएको उनले जानकारी दिए ।

त्यस्तै जल यातायातका लागि केही नाका थप गरिएको छ । कलकता–कालुघाट–रक्सौल, कलकता–साहिवगञ्ज–रक्सौल, कलकता–साहिवगञ्ज–विराटनगर र कलकता–वणारसी–सुनौली नाका हुँदै जल यातायात सञ्चालन गर्ने विषयमा सकारात्मक ढङ्गबाट छलफल भएको उनले जानकारी दिए ।

दुई दिनसम्म चल्ने बैठकमा नेपाली पक्षको नेतृत्व उद्योग मन्त्रालयका सहसचिव ढकाल र भारतीय पक्षको नेतृत्व त्यहाँका वाणिज्य विभागका अतिरिक्त सचिव भूपिन्द्रर सिंह भल्लाले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL