Logo

दशैं लागेसँगै चम्कियो सुन, एकैदिन ११ सयले बढ्दा तोलाको ७१ हजार नजिक

दशैं लागेसँगै चम्कियो सुन, एकैदिन ११ सयले बढ्दा तोलाको ७१ हजार नजिक



काठमाडौं । दशैं लागेसँगै सुनको मूल्य पुनः उकालो लागेको छ । बिहीबार सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बजारमा सुनको मूल्य बढेसँगै प्रतितोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जबकि बुधबार सुनको मूल्य प्रतितोला ६९ हजार ८ सय रुपैयाँ मात्र थियो ।

बिहीबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदी प्रतिोला १५ रुपैयाँले बढ्दै ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL