Logo

नेकपाको स्कुल विभागमा पोखरेलले मारे बाजी, तोकियो ३३ विभागको प्रमुख ‘सूची सहित’

नेकपाको स्कुल विभागमा पोखरेलले मारे बाजी, तोकियो ३३ विभागको प्रमुख ‘सूची सहित’



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्कुल विभागमा ईश्वर पोखरेलले बाजी मारेका छन । लामो समय देखी विबादमा रहेको उक्त विभागमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले पोखरेललाई जिम्मेवारी दिएको हो ।

पार्टी एकतापछि लामो समयसम्म टुङ्गिन नसकेको सो विषयमा शुक्रबार प्रम निबास बालुवाटारमा सम्पन्न बैठकले टुङ्गो लगाएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, संगठन विभाग प्रमुखमा सचिवालय सदस्यमा बामदेव गौतम तथा प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठले जिम्मेवारी पाएका छन ।

त्यस्तै नीति, अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ । उक्त बैठकले सात प्रदेशमा एक–एक सहइञ्चार्ज समेत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL