Logo

भारतको सपिङ मलमा १६ रुपैयाँमै साडी, साडी किन्नेको भिड अनियन्त्रित हुँदा भागदौड

भारतको सपिङ मलमा १६ रुपैयाँमै साडी, साडी किन्नेको भिड अनियन्त्रित हुँदा भागदौड



हैदराबाद । । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० अर्थात १६ रुपैयाँ साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।

laxmi

सीएमआर सपिङ मलमा महिला र किशोरीहरुको ठूलो समूह साडी खरिद गर्न भेला भएको थियो । प्रहरीले सस्तो मूल्यमा साडी बिक्री भइरहेको थाहा पाउनासाथ भीड बढेको र अन्ततः भागदौडको अवस्था सिर्जना भएको जनाएको छ ।

भागदौड मच्चिदा धेरै महिला घाइते भएका थिए । एक महिलाले आफूले पाँच तोला सुनको गहना, ६ सय भारतीय रुपैयाँ र एउटा डेबिट कार्ड हराएको भन्दै प्रहरी समक्ष उजूरी गरेकी छिन । प्रहरीले उक्त घटनाको छानबिन सुरु गरिसकेको जनाएको छ / रासस

प्रतिक्रिया दिनुहोस्
MBL