Logo

रसुवागढीको बन्दरगाह चीनले बनाइदिने, आर्थिक र प्राविधक सहयोग दिने

रसुवागढीको बन्दरगाह चीनले बनाइदिने, आर्थिक र प्राविधक सहयोग दिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२७ चैत, काठमाडौं । रसुवागढी सुख्खा बन्दरगाह निर्माणका लागि चीन सरकारले सहयोग प्रदान गर्ने भएको छ । उक्त बन्दरगाह निर्माणका लागि आवश्यक आर्थिक तथा प्राविधिक सहयोग प्रदानका लागि आज अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव सुमनप्रसाद शर्मा र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताइले एक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

कुल ६ हजार ९ सय वर्गमिटमा बन्न लागेको सो बन्दरगाहका लागि चीनले एकिकृत जाँच चौकी, सवारी पार्किङ स्थल, सामान भण्डार गृह, बाढी नियन्त्रणका लागि दुवै तर्फ पर्खाल लगाइदिनुका साथै सामान जाँच गर्ने उपकरण उपलब्ध गराउने भएको छ ।
यसैगरी चीन सरकारको सहयोगमा नेपाल सरकारको दीर्घकालीन कृषि विकास आयोजना कार्यान्वयन गर्न उच्च प्रतिफल दिने विकासे धान उत्पादन तथा अनुसन्धान कार्यक्रम संचालन गरिनेछ । नेपालको उपयुक्त जलवायुयुक्त स्थानमा उक्त जातको धान उप्पादनको प्रर्दशनी समेत चिनियाँ प्रविधिले गरिने भएको छ ।

कार्यक्रममा अर्थ समितव शर्माले सुख्खा बन्दरगाह निर्माणसँगै चीनसँगको व्यापार घाटा कम गर्न सहयोग पुग्ने बताए । साथै, उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा चीन सरकारबाट प्राप्त सहयोगको आभार व्यक्त गरेका थिए ।
नेपालका लागि चीनका राजदूत वुले नेपालसँगको सम्बन्धलाई आफुहरुले उच्च प्राथमिकता दिएको बताए । साथै, द्धिपक्षिय सम्झौताले नेपालमा कृषिको विकास हुनुका साथै नेपालको व्यापार सहजीकरण र आर्थिक एवं व्यापारिक सम्वन्ध समेत मजबुत हुने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL