Logo

विवादित ‘पिक एन्ड ड्रप’ ब्यवस्थित हुने, ब्यबसायी र ट्राफिकबीच यस्तो भयो सहमति

विवादित ‘पिक एन्ड ड्रप’ ब्यवस्थित हुने, ब्यबसायी र ट्राफिकबीच यस्तो भयो सहमति



काठमाडौं । विवादित पिक एण्ड ड्रप अब ब्यवस्थित हुने भएको छ । बिहीबार यातायात ब्यबसायी, मजदुर र ट्राफिक महाशाखाबीच बसेको बैठकमा काठमाडौं महानगरपालिका, यातायात व्यबस्था विभाग र ट्राफिक महशाखाले पुस १ गतेदेखि लागु गरेको उक्त पिक एण्ड ड्रप ब्यवस्थित गर्ने विषयमा छलफल भएको हो । पुस १ देखि लागु गरिएको उक्त नियमले सार्वजनिक सवारीका यात्रुहरुलाई सास्ती खेप्नुपरेको भन्दै यातायात ब्यबसायी र यात्रुहरु उक्त नियमको विरोधमा उत्रेका थिए ।

उक्त नियम अनुसार टँुडिखेल आसपासका क्षेत्रमा सवारीसाधनहरु निश्चित स्थानमा मात्रै यात्रुलाई ओराल्ने र चढाउने गरिएको थियो । उक्त नियमले यात्रुले २ देखि ३ किलोमिटरसम्म हिड्नु परेको र सवारीलाई पनि यात्रु चढाउने बेला जरिवाना लिएको कारण विरोधमा उत्रनुपरेको यातायात ब्यबसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । ‘हामीसँग पूर्व सहमति नगरिकनै ल्याईएको उक्त नियमले हाम्रा यात्रुलाई सास्ती भयो,’ उनले भने, ‘यसलाई परिमार्जन गर्दै यात्रुको लागि सहज वातावरण निर्माण गरियोस भन्ने हाम्रो माग हो ।’

त्यस्तै ट्राफिक महाशाखाका ईन्चार्ज बसन्त पन्त भने उक्त नियममा ब्यबसायीहरु सहमत भईसकेको बताउँछन । ‘पहिलोपटक भएकाले ब्यबसायीहरुले यो नियम अप्ठ्यारो मान्नुभएको हो,’ उनले भने, ‘हिजो भएको छलफलमा उहाँहरुसँग सहमति भईसकेको छ ।’

यस्तै महासंघका महासचिव सिटौला भने यात्रुलाई सास्ती हुने गरी ल्याएको नियमले आफु मात्रै नभएर यात्रु पनि विरोधमा आएको बताउँदै उक्त नियम परिमार्जन गर्न आह्वान गरेको जानकारी दिए । उनले बैज्ञानिक ढङगले यसको ब्यबस्थापन गर्न र सोहि अनुसार पुर्वाधारको पनि विकास गरिदिन कामपालाई पनि आह्वान गरेका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL