Logo

१ डलर घुस लिने चिनियाँ कामदारलाइ सिङगापुरमा ५ बर्षको जेल सजाय

१ डलर घुस लिने चिनियाँ कामदारलाइ सिङगापुरमा ५ बर्षको जेल सजाय



काठमाडौं । सिंगापुरमा २ जना चिनियाँ कामदारलाई १ डलर घुस लिएकै कारण ५ बर्षको जेल सजाय सुनाईएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार ४७ बर्षिय चेन जिलियङ र ४३ बर्षिय झाओ युसुनलाई सिंगापुरको अदालतले ५ बर्षको जेल सजाय सुनाएको हो । पक्राउ परेको झाओ युसुन ‘कजेन्ट कन्टेनर डिपोट’ कम्पनीका फर्कलिफ्ट अपरेटर हुन जसले ट्रक चालक चेन जिलियङ बाट १ डलर घुस लिएका थिए ।

त्यहाँस्थीत ‘करप्ट प्राक्टिस ईन्भेस्टीगेसन ब्युरो’का अनुसार झाओ युसुनले सामान ढिलो नगरी संकलन गरिदिने भन्दै १ डलर घुस मागेका थिए । यस्तै उनले विगत २ बर्षदेखि विभिन्न ट्रक चालकहरुसँग यसरी नै घुस लिने गरेको पाईएको छ ।

ती २ जना कामदारहरु उक्त कम्पनीमा काम गर्दै आएका थिए तर उनिहरुलाई केके सुविधा थियो ब्युरोले जानकारी दिएको छैन ।

उक्त ब्युरोकै एक प्रवक्ताले उनिहरुले हालसम्म घुसमार्फत कति कमाए र कति पटक घुस लिए भन्ने बारे एकिन नभएको बताएका छन ।

सिंगापुर कम भ्रष्टाचार हुने देशमध्ये ७ औं स्थानमा पर्दछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL