Logo

शिवम सिमेन्टको सामाजिक उत्तरदायित्व, ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण

शिवम सिमेन्टको सामाजिक उत्तरदायित्व, ट्याक्सी चालकलाई ज्याकेट हस्तान्तरण



काठमाडौं । शिवम सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तरगत ट्याक्सी चालकलाई चालक ज्याकेट वितरण गरेको छ । कम्पनीले दशैंको उपलक्ष्यमा आयोजना गरेको एक कार्यक्रम मार्फत ट्याक्सी चालकलाई उक्त ज्याकेटहरु हस्तान्तरण गरेको हो ।

नेपाल सरकार तथा यातायात व्यवस्था विभागले ट्याक्सी चालकहरुलाई ट्याक्सी चलाउदा ज्याकेट अनिवार्य गराएको थियो । उक्त कार्यलाई सहज बनाउने उद्देस्यले पहिलो चरण अन्तर्गत ट्याक्सी चालकलाई उक्त ज्याकेट हस्तान्तरण गरेको जानकारी दिएको छ ।

कार्यक्रममा कालोपुल वडा नं. ५ का वडा अध्यक्ष रमेश डंगोल तथा कम्पनीका तर्पmबाट सिनियर ब्राण्ड म्यानेजर केशव अर्यालले संयूक्त रुपमा ट्याक्सी चालक ज्याकेट हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL