Logo

सकियो अटोमोवाईलको कुम्भमेला, ६५ हजारले गरे अवलोकन

सकियो अटोमोवाईलको कुम्भमेला, ६५ हजारले गरे अवलोकन



काठमाडौं । भृकुटीमण्डपमा भईरहेको चारपांग्रे र २ पांग्रे सवारीसाधनहरुको कुम्भमेला नाडा अटो शो २०१८ सकिएको छ । नाडा अटोमोवाईल डिलर एसोसियशन (नाडा) ले मंगलबारदेखि भृकुटीमण्डपमा संचालन गरेको  उक्त मेला आज समापन भएको हो ।

६ दिनसम्म चलेको उक्त मेलामा ६५ हजार अवलोकनकर्ताहरुले अवलोकन गरेको मेलाका अध्यक्ष शम्भु प्रसाद दाहालले जानकारी दिए ।

अन्य दिनको तुलनामा शनिवार अवलोकनकर्ताहरुको भीड बढी रहेको पनि उनले बताए । यस्तै उनले अघिल्ला बर्षहरुमा कारोबारको विस्तृत विवरण सार्वजनिक गर्ने गरिएको भए पनि यसवर्ष भने कारोबारको बारेमा जानकारी नदिएको बताए ।

गएको सोमबार अर्थमन्त्री युवराज खतिवडाले उद्घाटन गरेको उक्त मेलामा अवलोकनकर्ताहरुको आकर्षण भने ईलेक्ट्रिकल गाडीमा बढी देखिएको मेलाका संयोजक निराकार श्रेष्ठले जानकारी दिए । उनका अनुसार मेलामा आउने प्रत्येक अवलोकनकर्ताहरुले गाडी किन्ने भन्दा पनि उत्सुक्ता जाहेर गर्दै एक न एक चोटी हेरेरै जाने गरेको उनको भनाई थियो ।

मेलामा कन्टिनेन्टल इन्टरप्राईजेज लिमिटेडले किया र ईसुजु कम्पनीका ईलेक्ट्रिकल गाडीहरु प्रदर्शनीमा राखेको थियो ।

साथै लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईको आयोनिक ईलेक्ट्रिकल गाडी प्रदर्शनमा राखेको थियो । यस्तै मेलाकै सस्तो ईलेक्ट्रिकल गाडी मानिएको महिन्द्राको गाडी अग्नी इन्कर्पोरेटेडले प्रदर्शनिमा राखेको थियो । यस्तै पायोनियर मोटर कर्पले प्रदर्शनमा राखेको निसानको जोय ईलेक्ट्रिकल गाडीमा पनि सबैको ध्यान गएको थियो ।

यस्तै मेलामा सबैभन्दा सस्तो मानिएको गाडीमा हुन्डाईको ईयोन परेको थियो । मेलामा राखिएका ईलेक्ट्रिकल भेहिकलहरुको मूल्य भने २८ लाख देखि ९६ लाखसम्म राखिएको थियो ।

यस्तै मेलाको अर्को आकर्षणमा २ पांग्रे सवारीहरु थिए । मेलामा १ लाख २८ हजारदेखि ४५ लाख ८५ हजार सम्मका बाईक तथा स्कुटर प्रदर्शनिमा राखिएको थियो । मेलाको सबैको आकर्षणमा पर्ने सबैभन्दा महँगो बाईक हार्लि डेभिड्सनमा अवलोकनकर्ताहरुको घुईँचो लाग्ने गरेको थियो ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL