Logo

मिश्रले सम्हाले कामु प्रधानन्यायाधीशको जिम्मेवारी, आजदेखि तोक्न थाले पेशी

मिश्रले सम्हाले कामु प्रधानन्यायाधीशको जिम्मेवारी, आजदेखि तोक्न थाले पेशी



काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि कामु प्रधानन्यायाधीशको रुपमा ओमप्रकाश मिश्रले पेशी तोक्न सुरु गरेका छन् ।

संसदीय सुनुवाइ विशेष समितिले प्रधानन्यायाधीशमा प्रस्तावित कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश मिश्रले कामु प्रधानन्यायाधीशकोे हैसियतले आजदेखि मुद्दाको पेशी तोक्न सुरु गरेका हुन् ।

संसदीय सुनुवाई समितिले जोशीलाई प्रधानन्यायाधीश हुन अयोग्य ठहर गरेसँगै उनी विदामा वसेका छन् । उनी विदामा वसेसँग मिश्रले कामुका प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका हुन् ।

सर्वोच्च अदालतमा तत्कालिन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राजीनामा दिएसँगै जोशीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL