Logo

आइतबार देखी शौचालय सहितको बस सञ्चालनमा, पोखरा देखी भक्तपुर सिधा बस सेवा

आइतबार देखी शौचालय सहितको बस सञ्चालनमा, पोखरा देखी भक्तपुर सिधा बस सेवा


रासस
783
Shares

काठमाडौं । भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधा सम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ ।

यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर आइतबार देखी बस सञ्चालन गर्न लागेको हो ।

व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागेको जानकारी दिएका छन । ‘सेवा विस्तारसँगै भक्तपुर पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ’, उनले भने ।

उक्त बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल, सोह्रखुट्टे, बालाजु, कलंकी हुँदै पोखरासम्म जानेछ । ३२ सिट क्षमता भएको बसमा ‘थाई रेष्ट’ सिट र शौचालय सहितको व्यवस्था छ । व्यास ट्राभल्सको हाल दुई वटा बस सञ्चालनमा छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL