Logo

पेट्रोलको मूल्य बढेसँगै बजारमा बढ्यो हाहाकार, कहिले सुल्झिएला ड्राइभर हड्ताल ?

पेट्रोलको मूल्य बढेसँगै बजारमा बढ्यो हाहाकार, कहिले सुल्झिएला ड्राइभर हड्ताल ?



काठमाडौं । सरकारले पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेसँगै बजारमा अभाव बढेको छ । नेपाल आयल निगमले शनिवार राति १२ बजेदेखि पेट्रेलियम पदार्थको मूल्य बृद्धि गरेको थियो । तर, बजारमा आईतबारदेखि नै पेट्रोलियम पदार्थको सटेर्ज भएको हो ।

विरगञ्ज भन्सारमा पेट्रोल लोड गर्न जाँदा ट्याङकर चालकलाई भारतीय पक्षले कुटपीट तथा र्दुव्यवहार गरेसँगै चालहरु आन्दोलनमा उत्रिएकाले बजारमा पेट्रोलियम पदार्थको अभाव भएको निगमका प्रवक्ता विरेन्द्र गोईतले बिजखबरलाई जानकारी दिए । ‘हामीले शुक्रबार बजारमा पेट्रोलियम पदार्थ पठाएका थियौं त्यसपछि चालकको हड्तालले गर्दा अहिलेसम्म पठाउन सकिएको छैन,’ उनले भने, ‘तीन दिनसम्म बजारमा पेट्रोलियम पदार्थ पठाउन नसक्दा बजारमा अभाव भएको हो ।’

गोइतका अनुसार हड्तालमा उत्रिएका चालकहरुसँग बजारमा पेट्रोलियम पदार्थ पठाउनका लागि छलफल भइरहेको छ । चालकहरुसँग निगमले हिजोदेखि नै वार्ता गरिरहेको र सकभर आजै देखि बजारमा आवश्यक मात्रामा पेट्रोलियम पदार्थ पठाईने समेत उनले जानकारी दिए । ‘निगमसँग आवश्यक मात्रामा आवश्यक मात्रामा पेट्रोलियम भण्डारण छ,’ उनले भने, ‘चालकसँग सहमति भएसँगै बजारमा इन्धन पठाउने छौं ।’

भारतीय पक्षले तेल लिन गएका नेपाली चालकलाई कुटपीट तथा र्दुव्यवहार गरेसँगै उनीहरुले आफ्नो सुरक्षाको माग राख्दै हड्तालमा उत्रिएका छन् । चालकले पेट्रोलियम पदार्थ ढुवानी नगरेसँगै शनिवारदेखि बजारमा पेट्रोल अभाव छ । हाल राजधानीका सबै पेट्रोल पम्प बन्द छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL