Logo

मेलम्चीको पानीको डेटलाईन किन प्रत्येक बर्ष दशैंलाई दिईन्छ ?, यसपटकको दशैंमा पनि नआउने पक्का

मेलम्चीको पानीको डेटलाईन किन प्रत्येक बर्ष दशैंलाई दिईन्छ ?, यसपटकको दशैंमा पनि नआउने पक्का



काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम करिब ९२ प्रतिशत सम्पन्न भएको छ ।

मेलम्ची खानेपानी आयोजनाको काम गत आर्थिक बर्षमा नै सम्पन्न गर्ने लक्ष्य लिए पनि सो सम्पन्न हुन नसकेपछि आगामी आवमा पनि निरन्तरता दिएको छ ।

सरकारले गत बर्षको दशैं सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याउने उद्घोष गरेपनि विभिन्न कारणले समयमा काम सम्पन्न हुन नसकेपछि आर्थिक बर्ष २०७५/७६ को बजेटले पनि यसलाई निरन्तरता दिएको छ ।

तत्कालिन शेरबहादुर देउबाको सरकारले ंउपत्यकाको चक्रपथ भित्रमा २०७४ दशैं अगाडिनै दैनिक १७ करोड लिटर पानी वितरण गर्ने गरी काम अगाडी बढाएको थियो ।

हाल प्रधानमन्त्री केपी शर्मा ओली सरकारले पनि सोही आयोजनाको काम तीब्र पारी २०७५ दशैं अगाडिनै काठमाडौ बासीलाई खानेपानी वितरण गर्ने बताएको छ । तर ठेकेदारले समयमा काम नगरिदिँदा आगामी दशैं सम्ममा पनि मेलम्चीको पानी काठमाडौं बासीको धारामा नआउने निश्चित भएको हो ।

ईटालियन कम्पनी सीएमसीले काममा ढिलाई गरेकाले काठमाडौंमा पानी आउन अझै ८ महिना कुर्नु पर्ने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजन ईन्जीनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

उनका अनुसार आयोजनामा ९२ प्रतिशत काम भए पनि २६ किलोमिटर मुख्य सुरुङमार्गमा फाईनल कंकृट ढलानको काम भने अझै बाकी रहेको छ । ठेकेदारलाई थप जनशक्ति लगाएर ३ महिना भित्र काम सक्न खानेपानी मन्त्री विना मगरले निर्देशन दिएको भए पनि दैनिक ५० देखी ६० मिटर मात्र कंकृट ढलानको काम गरेको ईन्जीनियर पन्तले बताएका हुन ।
गत चैत २७ गते ब्रेक थ्रु भएको उक्त सुरुङको काम सम्पन्न भए पछि खानेपानी मन्त्री विना मगरले आयोजनाको काम सम्पन्न गरी दशैं सम्ममा काठमाडौंमा पानी ल्याउने बताएकि थिईन् ।

यसैगरी मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरण अन्तर्गत याङग्री र लार्के खोलाबाट दैनिक ३४ करोड लिटर खानेपानी थप गरी काठमाडौंबासीलाई वितरण गर्न संरचना निर्माण गर्ने भनिएकोमा हाल सम्म कुनै काम अगाडी बढन सकेको छैन । ओली सरकारले पनि मेलम्ची दोस्रोको सपना देख्न छाडेको छैन ।

गत आबमा मेलम्ची खानेपानी आयोजनाको लागि ६ अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएको थियो भने आव २०७५÷७६ मा मेलम्ची खानेपानी आयोजनाको लागि ५ अर्ब ७० करोड विनियोजन गरेको ईन्जिनियर पन्तले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL