Logo

महानिरीक्षक खनालले व्यवसायीलाई भने, ‘चन्दा आतंकको दवाव आए खुलेर भन्नुस हामी रोक्छौं’

महानिरीक्षक खनालले व्यवसायीलाई भने, ‘चन्दा आतंकको दवाव आए खुलेर भन्नुस हामी रोक्छौं’



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले चन्दा आतङक रोक्न प्रहरीलाई खुलेर भन्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्शको कार्यक्रममा बोल्दै उनले ब्यबसायीलाई चन्दा असुल्न बिभिन्न माध्यमबाट आउने धम्कीको बारेमा प्रहरीलाई खुलेर बताउन आग्रह गरेका हुन् । ‘जस्तो सुकै समस्या आए पनि प्रहरीले त्यसलाई समधान गर्नेछ,’ उनले भने, ‘तर, उद्योगी व्यवसायीले प्रहरीलाई वास्तविकता बताउनु पर्यो ।’

चेम्बरले गरेको ब्यवसायीक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँ सुरक्षा रणनीति विषयक अन्तरकृयामा बोल्दै महानिरीक्षक खनालले व्यवसायीको सुरक्षामा विशेष जोड दिने बताएका हुन । ‘केही समय लाग्ला तर अपराध निराकरण हुन्छ,’ खनालले भने, ‘‘अव गुण्डा गर्दी चल्दैन कसैले टाउको उठाएर गुण्डा गर्दी गर्ने दिन गए ।’

यस्तै खनालले लागु औषधि निषेध गर्ने र मदिराजन्य पदार्थलाई नियन्त्रण गर्ने लक्ष्य रहेको बताएका छन । नियन्त्रणको लागि कठोर रुपमा लाग्ने बताउँदै यसको लागि सबैलाइ सहयोग गर्न समेत आग्रह गरेका छन । नेपालमै नचलेका औषधि एक ट्रक बरामद गरेको उदारहण दिँदै मदिरा जन्य पदार्थलाई निश्चित ठाउँमा मात्र बिक्री गर्न दिने बताएका छन ।

तर व्यापारीले पनि कानुनी दायरामा रही काम गर्नु पर्ने उनको भनाइ थियो । जब समाजमा सबै किसिमका समस्या परिपुर्ति हुन्छ तब मात्र देश विकास हुने भएकाले ठूला साना सबैलाई एउटै नजरले हेर्नु पर्ने महानिरिक्षक खनालले बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL