Logo

चालू आवभित्र देशभरका सहायक र राजमार्गको रुट अध्ययन, यात्रु संख्या र प्रतिस्पर्धामा मात्र रुट इजाजत

चालू आवभित्र देशभरका सहायक र राजमार्गको रुट अध्ययन, यात्रु संख्या र प्रतिस्पर्धामा मात्र रुट इजाजत



काठमाडौं । सरकारले चालू आर्थिक बर्षभित्र देशभरका सडकको रुट अध्ययन सम्पन्न गर्ने भएको छ । यातायात व्यवस्था विभागले देशभरका यातायात सेवा चुस्त र दुरुस्त बनाउने लक्ष्यसहित सम्पूर्ण रुट अध्ययन गरेको हो ।

साथै रुट अध्ययन पश्चान सोही आधारमा सवारी साधन संचालन गर्ने विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । ‘योजना अन्तरगत हालसम्म विभागले मध्यपश्चिम र शुदुर पश्चिमका सहायक र राष्ट्रिय सडकको रुट अध्ययन गरिसकेको छ,’ उनले भने, ‘बाँकी ३ ओटै विकाश क्षेत्रका रोडहरुको अध्ययन चालू आर्थिक बर्षभित्रै सक्नेछौं ।’

उनका अनुसार हाल सरकारले देशभरका सहायक र राष्ट्रिय रोडहरुमा मात्रै सोे अध्ययन गरिरहेको छ । विभागले देशभरका सम्पुर्ण साना तथा ठुला सडकहरुको अध्ययनको लागि सरकारसँग बजेट प्रस्ताव गरेको उनले जानकारी दिए । सरकारले रुट अध्ययनका लागि वजेट पारित गरेलगत्तै देशैभरिका साना तथा ठुला रोडहरुको अध्ययन गर्ने गरी काम अघि बढाइने विभागका प्रवक्ता अर्यालले बताए ।

उनका अनुसार देशभरको रुटको अध्ययन गर्न हाल वजेट अभाव भएकाले राष्ट्रिय र सहायक रोडको मात्रै अध्ययन गरिएको हो । जसअनुसार सरकारले सडकको सम्पूर्ण विवरणका साथै सो सडकले ओगटेको भोगोलिक क्षेत्रमा बसोबास गर्नेे जनसंख्याको आधारमा सवारी साधन परिचालन गर्नेछ ।

सो अध्ययन पश्चात सवारीसाधनलाई प्रतिश्पर्धात्मक रुपमा रुट इजाजत दिने विभागका महानिर्देशक रुपनारायण भट्टराइले जानकारी दिए । ‘यस योजना अन्तरगत विभागले रोडहरुको अध्ययन गरी सो रोडमा कस्तो खालका बस गुडाउदा उपयुक्त हुन्छ, कस्तो रोडको आवस्यक छ, कति मात्रामा सवारी साधनको आवश्यकता पर्दछ जस्ता कुराको अनुसन्धान गर्दै अगाडि बढिरहेको छ,’ उनले भने ।

 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL