Logo

प्रधानमन्त्रीको उद्घोष, ‘२ बर्षभित्र आफ्नै पानी जहाज र रेल संचालन’, परियोजना धरौटीमा ऋण

प्रधानमन्त्रीको उद्घोष, ‘२ बर्षभित्र आफ्नै पानी जहाज र रेल संचालन’, परियोजना धरौटीमा ऋण


बिजखबर संवाददाता
2.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको २ बर्ष भित्र रेल संचालन तथा नेपालको झण्डा राखेर पानी जहाज चलाउने बताएका छन् । विगतमा प्रधानमन्त्री हुँदा उद्घोष गरेका उक्त योजनालाई अबको २ बर्षभित्र पुरा गरेर देखाउने समेत दाबी गरे । ‘यो सरकारले अबको २ बर्षभित्र नेपालमा रेल गुडाउने आफ्नो संकल्प गरेको छ,’ उनले भने, ‘अबको एक बर्षमा वा २०७६ साल भित्र नेपालको झण्डा बाहक पानीजहाज चालएर सामान आयात गरिनेछ ।’

शुक्रबार राजधानीमा २९ औं राष्ट्रिय औद्योगिक प्रविधि प्रदर्शनीको उद्घाटनमा बौल्दै उनले भने ‘२ बर्ष अगाडि मेरो खिल्ली उडाएका थिए अबको २ बर्षपछि ति खिल्ली उडाउने मान्छे को हुन देख्न पाइने छैन ।’ साथै उनले अर्काे बर्ष नेपालको पानी जहाजले कसरी झण्डा बोकेर हिड्छ, कसरी सामान बोकेर हिड्छ ? त्यो नेपालीले देख्न पाउने समेत उनको दाबी थियो ।

नब गठित सरकार व्यक्ति र पार्टी बनाउनभन्दा पनि देश बनाउन बनेको दाबी गर्दै सोही अनुरुप देश बनाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले अब योजना धरौटी राखेर तथा सम्भावना हेरेर युवाहरुलाइ ऋण दिने व्यवस्था पनि लागू हुने बताए । यसका साथै उनले कृषिमा आधुनिकिकरण, व्यबसायीकरण गरी आत्मनिर्भर बन्नेतर्फ सरकार केन्द्रित हुने प्रतिबद्धता समेत जाहेर गरेका छन । ‘मेरो अभियानहरु मेरा निम्ती होइन,’ उनले भने, ‘यो देश र जनताका लागि ल्याएको अभियान हो यसलाई कार्यान्वयमा लैजान दृढताका साथ अघि बढ्नेछु ।’

यसैगरी, उनले गएका कार्यक्रमहरुमा बोल्दै आएको नेपालमा कोहि पनि भोकमरीले मर्नु नपर्र्नेे कुरा पुन दोहोर्याउँदै अब नागरिकको जिम्मेवारी राज्यले लिने प्रतिवद्धता व्यक्त गरे । अबका दिनमा जाडोले कठ्याङ्ग्रिएर मरेको समाचार पनि पढ्न नपाइने उनको उद्घोष थियो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादवले देशलाइ आर्थिक समृद्धितिर लैजाने द्वूत गतिमा काम भइरहेको रहेको जानकारी दिँदै जहाँ जे उत्पादन हुन्छ त्यहाँ त्यसैको उद्योग सञ्चालन गर्नुपर्ने बताए । साथै प्रधानमन्त्रीको निर्देशन र जनताको आदेशअनुसार आर्थिक सम्बृद्धि प्राप्त गर्न आफु जे पनि गर्न तयार रहेको उनको दाबी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL