Logo

विमान दुर्घटनाको उच्चस्तरीय छानविन समिति गठन गर्न प्रमको निर्देशन, १३ जनाको सकुसल उद्धार

विमान दुर्घटनाको उच्चस्तरीय छानविन समिति गठन गर्न प्रमको निर्देशन, १३ जनाको सकुसल उद्धार


बिजखबर संवाददाता
2.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनाको छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्न निर्देशन दिएका छन् । आज दिउँसो विमानस्थलमा युएस बंगालको विमान दुर्घटना भएपछि सोको छानविनका लागि समिति गठन गरी छानविन अघि बढाउन निर्देशन दिएका हुन् ।

विमानमा चालक दलका सदस्य सहित कुल ७१ जना सवार थिए । जसमा ३३ जना नेपाली र ३२ जना बंगाली नागरिक थिए । यस्तै चिनियाँ र माल्दिभ्सका नागरिक पनि सो विमानमा सवार दिए भने ४ जना चालकदलका सदस्य थिए ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म ४९ जनाको मृत्यु भएको छ । घाइते भएकाहरुका ग्राण्डी इन्टरनेशनल अस्पताल, नर्भिक अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये ५ जनाको नर्भिक, ३ जनाको ग्राण्डी र १ जनाको ओम अस्पतालमा उपचार भइहेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार १३ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमा १० जना नेपाली र ३ जना बंगाली नागरिक रहेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL