Logo

प्राधिकरण अध्यक्ष झाको प्रश्न, अर्बो कमाउने टेलिमकले एडीएसएललाई किन माया गरेको ?

प्राधिकरण अध्यक्ष झाको प्रश्न, अर्बो कमाउने टेलिमकले एडीएसएललाई किन माया गरेको ?


बिजखबर संवाददाता
270
Shares

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले नेपाल टेलिकमलाई पुरानो प्रविधिको एडीएसएल सेवा विस्तापित गर्न निर्देशन दिएका छन् । ‘अहिले १० करोड पूँजी भएका दूरसंचार सेवाप्रदायकले फाइवर टू दि होम (एफटीटीएच) प्रविधिमा गइसकेका छन्,’ उनले भने, ‘यति ठूलो संरचना र पूँजी भएको कम्पनी एडीएसएल प्रविधिमा अड्किएर बस्नु राम्रो होइन ।’

सरकारको नीति अनुरुप तत्काल एडीएसएल प्रविधिमा आधारित इन्टरनेट सेवा विस्तापित गर्दै एफटीटीएच प्रविधि कार्यान्यनमा ल्याउन निर्देशन दिएका छन् । सरकारले २०७१ सालमा ब्रोड ब्याण्ड नीति लागू गर्दै सन् २०१८ भित्र देश डिजिटल प्रविधिमा लैजाने घोषणा गरेको थियो । साथै सोही अनसरुप ब्रोड ब्याण्डबाट मात्रै देशको कुल ग्राह्स्थ्य उत्पादनको २ प्रतिशत हिस्सा आम्दानी गर्ने लक्ष्य लिएको छ । प्राधिकरणले एफटीटीएचको पाइप विच्छ्याउन टेलिकमलाई जिम्मा दिएको र सोही अनुरुप काम अघि बढाउन निर्देशन दिए ।

यसैगरी टेलिकमले आफुसँग भएको फ्रिक्वीन्सीलाई उच्चतम प्रयोगमा ल्याउन नसकेको भन्दै आलोचना गरेका छन् । ‘एनसेलले १ मेगाहर्ज फ्रिक्वीन्सी प्रयाग गरेर ९५ करोड रुपैयाँ आम्दानी गरिहेको छ तर टेलिमकको चाहिँ ४० करोड रुपैयाँमात्र किन ?,’ उनले भने, ‘तसर्थ टेलिकमले पनि आफुलाई प्रतिस्पर्धी बजारमा उभ्याएर उच्चतम मुनाफा लिन सक्नुपर्छ ।’ साथै झण्झटिलो नियम कानुनले गर्दा टेलिकमलाई काम गर्न कठिन भएको भन्दै त्यस्ता बाधा व्यवधान हटाइदिन सरकारलाई आग्रह गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL