Logo

महालेखाबाट ‘क्लिन चिट’ पाएका मात्र ठूला निकायमा प्रमुख , अब व्यक्तिको नाममा बेरुजु

महालेखाबाट ‘क्लिन चिट’ पाएका मात्र ठूला निकायमा प्रमुख , अब व्यक्तिको नाममा बेरुजु


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । अब महालेखा परीक्षक कार्यलयबाट ‘क्लिन चिट’ नपाएको व्यक्तिले बढी बजेट निकासा हुने संस्थामा प्रमुख हुन नपाउने भएका छन् । ‘क्लिन चिट नपाएकाले १ अर्ब रुपैयाँ भन्दा माथिको बजेट निकासा हुने निकायमा प्रमुख हुन नपाउने महालेखा परीक्षक टंकमणी शर्माले बताए । पछिल्लो समय बेरुजुको अनुपात बढ्दै गएको भन्दै यस्तो व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

सोमबार लेखासमितिको बैठकमा उनले यस्तो बताएका हुन् । त्यस्तै कुनै पनि संस्थाको बेरुजु सो संस्थाको प्रमुखको नाममा राख्ने समेत उनले बताए । ‘हालसम्म होर्डिङ बोर्ड अर्थात संस्थाको नाममा बेरुजु रहने गरेकोमा अब व्यक्तिको नाममा राख्ने छौं’ उनले भने ।

संस्थाको नाममा बेरुजु रहँदा सम्बन्धित निकायका प्रमुखले जिम्मेबारी नलिएको भन्दै व्यक्तिको नाममा राख्ने व्यवस्था गरेको शर्माले जानकारी दिए । साथै उसले बेरुजु राखेको अवस्थामा व्यक्तिगत सम्पत्ती बेचेर भएपछि फर्यौट गर्नुपर्ने व्यवस्था गरिने छ ।

शर्माका अनुसार पछिल्लो समय बेरुजु बढ्दै गएको छ । अघिल्लो आवमा ४ दशमलव६ प्रतिशत बेरुजु रहेकोमा गत आवमा ६ दशमलव ७ पुगेको छ ।
त्यस्तै महालेखा परीक्षक कार्यलयले आगामी आवमा ५ हजार अर्ब लेखा परीक्षण गर्ने लक्ष्य राखेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL