Logo

विश्व बैंकले नेपाललाई दिने सहयोगलाई दोब्बर पार्ने, आर्थिक बृद्धिदरको प्रशंसा

विश्व बैंकले नेपाललाई दिने सहयोगलाई दोब्बर पार्ने, आर्थिक बृद्धिदरको प्रशंसा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको बैठकमा प्रशंसा भएको छ । चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धि दर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपणको प्रशंसा भएको हो ।

बिहिवार अमेरीकाको बासिंगटन डिसीमा भएको बैठकमा कोषका कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालको आर्थिक बृद्धिदर उच्च भएकोमा प्रशंसा गरेका हुन् । साथै नेपालका अर्थमन्त्री र बैठकमा सहभागी नेपाली टोलीलाइ बधाइ दिएका थिए ।

नेपालको आर्थिक बिकासलाइ अझ तिब्र पार्न सहयोग गर्न आइडिए १८ अन्र्तगतको सहयोग दोब्बर गरिने जानकारी दिए । बिश्व बैंकले अन्तरराष्ट्रिय बिकास संस्था (आइडिए) कार्यक्रम अन्र्तगत बिकासउन्मुख देशहरुलाइ सहयोग गर्दै आएको छ ।

यसले सन् २०१८ मा नेपालको आर्थिक बृद्धिदर उच्च पार्न सहयोग पुग्ने बैठकमा सहभागी अर्थ मन्त्रालयको अन्तराष्टिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख बैकुण्ठ अर्यालले वताए ।
सोही बैठकमा सहभागी मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इण्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट बैंकका गर्भनर चिरञ्जिवी नेपाललाइ नेपालको आर्थिक बृद्धिदर उच्च हुने अवस्थामा रहकोमा नेपालका अर्थमन्त्रीलाइ बधाइ सुनाइदिन भनेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL