Logo

आज एप्सबाट फेसबुक खोल्नुभयो ?, फेसबुकले सुरु गर्यो २४ घण्टाको फोटो कथा

आज एप्सबाट फेसबुक खोल्नुभयो ?, फेसबुकले सुरु गर्यो २४ घण्टाको फोटो कथा


बिजखबर संवाददाता
0
Shares

आज एप्सबाट फेसबुक खोल्नुभएको छ भने पक्कै केहि परिवर्तन देख्नुहुनेछ । फेसबुकले आफ्ना एप्स प्रयोगकर्ताका लागि ‘योर स्टोरी’ भन्ने नयाँ फिचर ल्याएको छ । यो फिचरमार्फत आफ्ना फेसबुक साथीले चौबी घण्टाभित्र गरेका गतिविधि हेर्न सकिनेछ ।

facebook story (2)

 

फेसबुक एप्सको सबैभन्दा माथि रहेको वृत्ताकार भित्रको साथीका प्रोफाइलमा ट्याप गरेपछि सम्बन्धित व्यक्तिको फोटो, भिडियो तथा क्यामेरा इफेक्ट्स देख्न सकिन्छ ।
फेसबुकले यसअघि यो फिचर इन्ष्टाग्राममा सुरु गरेको थियो । पहिलोपटक आयरल्याण्डमा परिक्षण गरिएको फेसबुकको यो नयाँ फिचर बुधबारदेखि विश्वभरका एप्स प्रयोगकर्तालाई उपलब्ध गराइएको छ ।

तर फेसबुकले उपलब्ध गराएको नयाँ फिचर स्न्यापच्याट प्रयोगकर्ताका लागि भने नौलो होइन । फेसबुकको योर स्टोरी फिचर स्न्यापच्याटबाट चोरिएको आरोप लागेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL