Logo

लगानी देखाउन डराउनछन् एनआरएन

लगानी देखाउन डराउनछन् एनआरएन



बिजखबर संवाददाता, काठमाडौं । सरकारलाई बारम्बर पारदर्शी हुन सुझाव दिने गैरआवसीय नेपाली (एनआरएन) कतिको पारदर्शी होलान ? विदेशमा गएर सिप, ज्ञान र पूँजी आर्जन गरेका एनआरएन पक्कै पनि परादर्शी होलान भन्ने धेरैलाई लाग्न सक्छ । तर, पछिल्लो समए गरिएको एक अध्ययनका क्रममा भने एनआरएनहरु पारदर्शी नभएको पाइएको छ ।
एनआरएनकै सहयोगमा आर्थिक पत्रकार समाज (सेजन)ले गरेको नेपालमा एनआरएनको लगानी सम्बन्धी एक अध्ययनका क्रममा एनआरएनहरुले सूचना लुकाए । उनीहरुले खुलेर आफ्ना लगानीका बारेमा बोलेनन् । त्यसैले अध्ययनबाट अपेक्षाकृत तथ्यांक प्राप्त हुन नसकेको सेजनका अध्यक्ष विज्ञान अधिकारीले बताए ।

अध्ययनपूर्व नेपालका विभिन्न ९ ओटा जिल्लामा एनआरएनले लगानी गरेका करीब ५ सय उद्योग व्यवसाय होलन भन्ने अनुमान गरिएको थियो । तर, उनीहरुले खुलेर जानकारी तथा सूचना नदिएपछि ती जिल्लामा एनआरएन लगानी भएका जम्मा ४० ओटा मात्रै उद्योग व्यवसाय सञ्चालनमा रहेको देखिएको हो ।
अध्ययनले ती नौं ओटा जिल्लामा एनआरएनको १४ अर्ब रुपियाँ लगानी रहेको देखाएको छ । सेजनले गरेको प्रारम्भिक चरणको अध्ययनले नौ ओटा जिल्लाका सेवा, उद्योग, पूर्वाधारलगायत क्षेत्रमा उक्त लगानी भएको देखाएको हो ।

Bizkhabar - NRN

अध्ययनले काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मकवानपुर, गोर्खा, बाग्लुङ, चितवन र सिराह जिल्लामा एनआरएनको लगानी १४ अर्ब हाराहारीमा रहेको देखाएको हो । तर, परस्कृत प्रतिवेदन भने आई सकेको छैन । एनआरएनका सदस्यहरुले नै आफूले गरेको लगानीका बारेमा खुलेर जानकारी नदिदा अध्ययन प्रतिवेदन परिस्कृत हुन नसकेको उनको भनाई थियो ।

अध्ययनले ती जिल्लाका २५ ओटा सेवा उद्योग, ७ कृषि, ४ ओटा उत्पादनमूलक र ३ ओटा पूर्वाधारमा एनआरएनको लगानी रहेको देखाएको हो । एनआरएनको लगानी रहेको ती उद्योग व्यवसायमा कुल  २ हजार ४ सय ७३ जनाले रोजगारी पाएका छन् ।

नौ ओटा जिल्लामध्ये एनआरएनको लगानी सवैभन्दा बढी काठमाडौं उपत्यकामा रहेको पाइएको छ । काठमाडौं उपत्यकामा एनआरएनको लगानी १० अर्ब रुपियाँ रहेको छ । तर, उक्त लगानी जम्ममा ४ ओटा उद्योग व्यवसायमात्रै रहेको देखिएको हो । त्यस्तै, सिराहमा भने एनआरएनको गैरव्ययवसायिकरुपमा २३ करोड रुपियाँ लगानी गरिएको पाइएको छ ।

एनआरएनहरुले नेपालमा लगानी गरेपनि त्यसलाई सार्वजनिक भने गर्न नचाहेको देखिएको छ । एनसेल, सानिमा बैंक, कान्तिपुर टेलिभिजनलगायत ठूला व्यवसायिक फर्ममा एनआरएन लगानी भएपनि त्यसको जानकारी उपलब्ध नगराइएको सेजनले जनाएकाके छ । एनआरएनले सूचना तथा जानकारी दिन आनाकानी गरेपछि अध्ययनबाट अपेक्षाकृत तथ्यांक प्राप्त नभएको अध्ययनका संयोजक पत्रकार प्रेम खनालले बताए ।

एनआएनका निवर्तमान अध्यक्ष जिवा लामिछानेले कतिपय प्रश्नावली र प्रक्रिया नमिल्दा बाध्यवस एनआरएन लगानीकर्ताले आफ्नो लगानीका बारेमा प्रष्ट जानकारी दिन नसकेको जिकिर गरे । एनआरएनका अध्यक्ष शेष घलेले नौं जिल्लामा देखिएको लगानीको तथ्यांकले नेपालमा एनआरएनको लगानी रहेको र लगानी हुने क्रम जारी रहेको देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL