Logo

जापानबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन, चिरन्जीवी थापाले पाए सर्वाधिक मत

जापानबाट ७ जना महाधिवेशन प्रतिनिधि चयन, चिरन्जीवी थापाले पाए सर्वाधिक मत


बिजखबर संवाददाता
27
Shares

नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि जापानबाट ७ जना प्रतिनिध चयन भएका छन् । कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति जापानबाट सात जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । सोमवार सम्पन्न निर्वाचनबाट ६ जना सदस्य तथा एकजना सभापति गरी ७ प्रतिनिधि छनौट भएका हुन् ।

विजयी हुनेहरुमा चिरन्जीवी थापा, महेशकुमार श्रेष्ठ, लालबहादुर केसी (रोसन), राजेन्द्र जमर कट्टेल, पासाङ शेर्पा तथा सुभाषप्रसाद लोहनी छन् । नारायण सुवेदी सभापति भएका विनाप्रतिस्पर्धा चयन भएका हुन् । छनौट हुने सदस्यहरुमध्ये चिरन्जीवी थापाले सवैभन्दा बढी मत प्राप्त गरेका थिए ।

चुनावी प्रक्रियामा १८ जनाले भाग लिएका थिए । जसमध्ये थापाले सर्वाधिक मत प्राप्त गरेका हुन् । जापानबाट नेपाली कांग्रेसको आसन्न १३ औ महाधिवेशन लागि प्रतिनिधि छनौटमा तीव्र प्रतिस्पर्धा भएको थियो ।

सबैभन्दा बढी मत ल्याउने चिरञ्जीवी थापा र महेश कुमार श्रेष्ठ महासमिति सदस्यमा चयन भएका छन् भने सभापति नारायण सुवेदी पदेन महासमिति सदस्यमा छनौट भए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL