Logo

सुविसु क्यान इन्फोटेक २०१८ को तयारी सकियो, सबै स्टल बुक

सुविसु क्यान इन्फोटेक २०१८ को तयारी सकियो, सबै स्टल बुक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुविसु क्यान इन्फोटेक २०१८ को तयारी पूरा भएको छ । आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै मेलाको तयारी पूरा भएको जानकारी आयोजक क्यान महासंघले दिएको हो ।

आयोजकका अनुसार हालसम्म मूख्य प्रदर्शन हल भित्र र बाहिरका सबै स्टल बुकिङ भइसकेका छन् । उक्त २४ औं संस्करणको क्यान इन्फोटेकमा जम्मा २ सय २२ ओटा स्टल रहने छन् । जसमा हलभित्र ४९ ओटा र हलबाहिर ५ ओटा कक्षहरु रहेका छन् ।

यसका साथै ट्रसमा १४४ ओपन स्पेश १४ तथा फुड स्टलहरु १० रहने महासंघका महासचिव रन्जीतकुमार पोदारले जानकारी दिए ।

उक्त मेला माघ ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा चल्नेछ ।

क्यान इन्फोटेकसंग मोटोरोलाको आधिकारीक विक्रेता लाईफकम प्रालिले पनि प्रायोजन गरेको हुनाले यस संस्करणको नाम ‘सुविसु क्यान ईन्फोटेक २०१८ ईन एसोसिएशन विथ मोटोरोला’ नाम दिइएको कम्पनीले जानकारी दिएको छ ।

उक्त प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक आदिको स्टलहरु रहने छन् ।

प्रदर्शनमा सर्वसाधारणलाई १०० रुपैयाँ तथा विद्यार्थीलाइ ५० रुपैया टिकट दर तोकिएको छ । सुचना प्रविधिको प्रयोगलाइ बढावा दिने उद्देश्यले प्रदर्शनीमा अनलाइन टिकटको व्यवस्था मिलाइएको छ ।

महासंघका अनुसार अनलाइल टिकटको खरिद माघ ८ गतेदेखि डब्लुडब्लुडब्लु डट इसेवा डट क्यान डट कम डट एनपिबाट गर्न सकिने छ ।

एस संस्करणको अफिसियल बैंक सनराइज बैंकले उक्त प्रदर्शनीको टिकटसंगै प्रवेश गर्नेलाइ ४ सय प्रतिशत सम्मको क्यास ब्याकको अफर राखेको छ ।

उक्त प्रदर्शनीमा सुविसुले पनि क्लियर टिभि, इन्टरनेट अफर, इन्टरनेट एन्ड क्लियर टिभि सुपर कम्बो अफर आदि ल्याएको छ ।
यसका साथै यस बर्ष छुट्टै सफ्टवेयर प्याविलोनको व्यबस्था मिलाइएको छ । उक्त नयाँ प्याविलोनमा नेपाली प्रविधि सम्बन्धि प्रदर्शनी गरीने छ । जसमा ४४ ओटा स्टलहरु रहने छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL