Logo

छैटौ अन्तरराष्ट्रिय व्यापार मेला चैत ३ देखि, ३ सय ४० स्टल बुकिङ

छैटौ अन्तरराष्ट्रिय व्यापार मेला चैत ३ देखि, ३ सय ४० स्टल बुकिङ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । ‘नेपाल अन्तरराष्ट्रिय व्यापार मेला २०७३’ को छैटौ संस्करण आगामी चैत ३ गतेबाट हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गर्न लागेको मेला पाँच दिनसम्म चल्ने छ ।

मेलाका लागि ३ सय ४० स्टल बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । मेलामा चीन,भारत,वंगलादेश,पाकिस्तान,थाइल्याण्डलगायत देशका कम्पनीहरुको सहभागिता रहने छ ।

आयोजकका अनुसार मेलामा चीनबाट ८५,भारतको १०,पाकिस्तान २०,बंगलादेश ५० र थाइल्ण्डबाट २ ओटा स्टल बुकिङ भएको हो । त्यस्तै जापान, कोरिया,थाइल्याण्डलगायत देशबाट खरिदकर्ताहरुले अवलोकन गर्ने बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL