Logo

यस्तो छ नाडा अटो शोमा चहलपहल, हेर्नुहोस तस्विर सहित

यस्तो छ नाडा अटो शोमा चहलपहल, हेर्नुहोस तस्विर सहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अटोमोबाइल्स् एशोसियशन अफ नेपालको आयोजनामा आजदेखि शुरु भएको मेलामा ४१ ओटा व्राण्डका सवारी साधा राखिएका छन् । मंगलबार शोको उद्दघाटनको अवसरका विभिन्न कम्पनीले आफ्ना नयाँ मोडलका गाडी तथा मोटरसाइकलहरु समेत सार्बजनिक गरेका छन् ।

सवारीसाधनको कुम्भ मेलाका रूपमा आजदेखि १८ गतेसम्म भृकुटीमण्डपमा अटो(शो गर्दैछ । मेलामा हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिने नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले जानकारी दिए ।


त्यस्तै सवारी साधनको प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुब्रिकेण्टसका पनि स्टलहरु पनि छ । शोमा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहारको समेत व्यवस्था गरिएको छ ।

मेलामा अवलोकन गर्नेमध्येबाट एकजना भाग्यशाली विजेतालाई युमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने छ।

८७ वटा वटा संस्थाकास्टल रहने प्रदर्शनीलाई ५० हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरू समेत रहने छन् ।

अवलोकनकर्ताहरूको सुविधाका लागि २ पाङग्रे, ४ पांग्रे, कमर्सियल गाडीहरू तथा वित्तिय संस्थाहरूको छुट्टा(छुट्टै ठाँउहरू निर्धारण गरिएको श्रेष्ठले बताए । ९० वटा संस्थाका १३० वटा स्टल मेलमा रहनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL