Logo

नेप्सेको ओरालो लाग्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट

नेप्सेको ओरालो लाग्ने क्रम जारी, कारोबार रकममा पनि गिरावट



काठमाडौं । हप्ताको तेस्रो दिन नेप्से परिसुचक ८ अंकले ओरालो लागेको छ । पछिल्ला केही दिनयता ओरालो लागिरहेको नप्से परिसुचकमा मंगलबार पनि ८ दशमलव ४३ अंकको गिरावट आएको हो ।

laxmi

तर यो हप्ताको दोस्रो दिन सोमबार भने परिसुचकमा ७ अंकको सुधार देखिएको थियो । मंगलबार म्युचुअल फण्ड र ट्रेडिङ बाहेक सबै सुचकहरु ओरालो लागेका छन । सबैभन्दा बढि जिवन बीमा समुहको सुचक ओरालो लागेको छ । नेप्सेका अनुसार जिवन बीमा समुहको सुचकमा ५६ दशमलव १६ अंकको गिरावट आएको छ ।

यस्तै बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहका परिसुचक भने मंगलबार ६ दशमलव ८३ अंकले ओरालो लागेको छ । यस्तै निर्जिवन बीमा कम्पनीको सेयरमा २५ दशमलव ५९ अंकले घटेको छ । दिनभर १ सय ६५ कम्पनीको ११ लाख ७७ हजार ६ सय ४७ कित्ता सेयर किनबेच भएको छ । दिनभर जम्मा २७ करोड ३५ लाख ८ हजार ७ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL