Logo

महर्जन कम्प्लेक्सको स्पेस बुकिङ उत्साहजनक, एक सातामै २१ कबल बुकिङ

महर्जन कम्प्लेक्सको स्पेस बुकिङ उत्साहजनक, एक सातामै २१ कबल बुकिङ



काठमाडौं । महर्जन बिजनेस एसोसिएटले काठमाडौंमा निर्माण गरिरहेको महर्जन कम्प्लेक्समा हालसम्म २१ ओटा कबल बुकिङ भईसकेका छन । कम्पनीले काठमाडौंको न्युरोडमा निर्माण गरिरहेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’को बुकिङ खुला गरेको एक सातामै सो संख्यामा बुकिङ भएको हो ।

laxmi

काठमाडौं उपत्यका, देशका प्रमुख सहर र विदेशमा रहेका नेपालीसमेतले स्पेस बुकिङ गरेको प्रवद्र्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए । उक्त कम्प्लेक्सलाई संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय युनेस्कोले समेत प्रशंसा गरेका कारण विदेशमा रहेका केही नेपालीले बुकिङ गरेको र अरु थुप्रैले चासो राखेर सोधखोज गरिरहेको महर्जनको भनाइ छ ।

युनेस्कोले २२ नोभेम्बर २०१७ को एक पत्रमा उक्त कम्प्लेक्सको ‘नियो क्लासिकल’ (नवपारम्परिक) स्वरुपको तारिफ गरिएको छ । युनेस्कोको पत्रमा उक्त कम्प्लेक्सलाई हनुमानढोका गद्दी बैठकसँग मिल्दोजुल्दो भनिएको छ । कम्पनीले गत साता ८० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको कम्प्लेक्सको स्पेस बिक्रीका लागि विज्ञापन गरेको थियो ।

कम्पनीका अध्यक्ष महर्जनका अनुसार कम्प्लेक्सको बाहिरी स्वरूप एकदमै सम्पदामैत्री र क्लासिकल छ । भित्र अत्याधुनिक एस्काभेटर, इलेभेटर, क्पाप्सुल लिफ्ट, सेक्युरिटी, एयर कन्डिसनिङ र फायर फाइटिङ सिस्टम छ । ‘यो कम्प्लेक्स तयार भएपछि यहाँ कहिले चमेली, कहिले पारिजात, कहिले गुलाफ लगायत फूलको सुगन्ध मगमगाउँछ,’ महर्जनले भने ।
कम्प्लेक्सको बीच भागमा ४० प्रतिशत खुला ठाउँ छाडिएको छ । कम्प्लेक्सको बाहिरी ढोका काठका र परम्परागत शैलीका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL