Logo

प्रधानमन्त्रीले किने त्रिशूली ३ बीको १० हजार कित्ता सेयर, १० हजार कित्तासम्म आवेदन दिन सकिने

प्रधानमन्त्रीले किने त्रिशूली ३ बीको १० हजार कित्ता सेयर, १० हजार कित्तासम्म आवेदन दिन सकिने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजनाको सेयर खरिद गरेका छन ।

laxmi

जनताको जलविद्युतमा सेयर अन्तर्गत त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आज बिहीबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरे पछि प्रम ओलीले पहिलो सेयर खरिद आवेदन गरेको हो ।

प्रम ओलीसँगै उर्जामन्त्री वर्षामान पुनले पनि सेयर खरिद गरेका छन । प्रम ओलीले १० हजार कित्ता र उर्जा मन्त्री पुनले १ हजार कित्ता सेयर आवेदन गरेका छन ।

कम्पनीले आजै जारी पुँजीको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरका ३७ लाख ५ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । कम्पनीको जारीपुँजी २ अर्ब ४७ करोड रुपैयाँ छ ।

न्यूनतम १०० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने उक्त सेयरको निष्कासन छिटोमा चैत १२ र ढिलोमा बैशाख ६ गते बन्द हुने निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।

त्रिशूलीमा नेपाल विद्युत प्राधिकरणको ३० र नेपाल टेलिकमको ३० गरी ६० प्रतिशत संस्थापक स्वामित्व रहने गरी लगानी संरचना तयार पारिएको छ ।

४० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने उक्त कम्पनीको निर्माण अवधिको ब्याजसमेत गरी आयोजनाको लागत प्रतिमेगावाट २२ करोड २३ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

निमार्ण अवधिको ब्याजबाहेक ३७ मेगावाटको आयोजना बनाउन ७ अर्ब ४४ करोड ५६ लाख रुपैयाँ रहेको आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL