Logo

इसेवा फोन पे १० औं वर्षमा प्रवेश, हरेक नेपालीको पहुँचमा पुर्याइने कम्पनीको दाबी

इसेवा फोन पे १० औं वर्षमा प्रवेश, हरेक नेपालीको पहुँचमा पुर्याइने कम्पनीको दाबी



काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ १० औं वर्षमा प्रवेश गरेको छ । दशवर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढिले सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ ।

साथै इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या समेत करिब १० लाख पुगिसकेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई हजार भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

१० औं वर्ष प्रवेश गरेको अवसरलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष विश्वास ढकालले भने ‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएका छौं । मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याएर मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य हामीले सुरूवात गरेकोमा हामी गौरवान्वित बनेका छौं ।’

नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा इसेवाको उपस्थितीले विकट क्षेत्रहरुमा इसेवाले अझ सहजता ल्याएको ढकालले बताए । आगामी दिनमा हरेक नेपालीको पहुँचमा पुर्याउने गरी अगाडि बढ्ने र थप सेवाहरु विस्तार गर्दै लगिने कम्पनीले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL