Logo

नुवियाका २ नयाँ फोन नेपाली बजारमा, मूल्य साढे २९ हजार

नुवियाका २ नयाँ फोन नेपाली बजारमा, मूल्य साढे २९ हजार



काठमाडौं । नुविया स्मार्टफोनले नेपालमा २ ओटा नयाँ फोनहरु सार्वजनिक गरेको छ ।

कम्पनीले आईतबार ‘तपाई ६ जीबी चलाउन तयार हुनुहुन्छ ?’ नामक अभियानको शुरुवात गर्दै ६ जीबी र्यामयुक्त २ ओटा मोबाईल सार्वजनिक गरेको हो ।

उक्त अभियान अन्तरगत कम्पनीले आफ्नो २ नयाँ सिरिज बजारमा उपलब्ध गराउने भएको हो । कम्पनीले उपलब्ध गराउने २ नयाँ फोन जेड १७ लाईट र जेड १७ मिनि एस मा ६ जीबी र्याम र ६४ जीबी रोम सेवा उपलब्ध गराएको छ ।

नुविया स्मार्टफोनले आफ्ना मोबाइलहरुमा निरन्तर रुपमा नयाँ नयाँ सुविधा थप गर्दै उत्कृष्ट निर्माणलाई कायम राखेको कम्पनीको भनाई रहेको छ । हरेक क्षणहरुलाई परफेक्ट तरिकाले खिच्नका लागि कम्पनीले जेड १७ मिनी एसमा ४ ओटा क्यामरा जडान गरिएको कम्पनीले जानकारी दिएको छ ।

यस्तै कम्पनीले जेड १७ लाईटमा भने १३ मेगापिक्सेलको रियर क्यामरा र १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको जानकारी दिएको छ । यस्तै कम्पनीले उक्त २ ओटा मोबाईलको नेपालमा बजारमूल्य भने जेड १७ लाईटको २८ हजार ५ सय र जेड १७ मिनी एस को २९ हजार ५ सय रुपैयाँ तोकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL