Logo

कोबेल्कोको संस्थागत सामाजिक उत्तरदायित्व, सहकारीलाई निःशुल्क एक्साभेटर

कोबेल्कोको संस्थागत सामाजिक उत्तरदायित्व, सहकारीलाई निःशुल्क एक्साभेटर



काठमाडौं । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेड जापान र कोबेल्को कन्सट्रक्सन इक्विप्मेन्ट इन्डिया प्रालिले मित्याल सामुदायिक विकास कृषि बहुउद्देश्यीय सहकारीलाई कोबेल्को मिनी एक्साभेटर र एउटा हाइड्रोलिक रक ब्रेकर हस्तान्तरण गरेको छ ।

दुईवटा जापानी कम्पनी तोहोकु कुरोसावा केन्सेत्सु कम्पनी प्रालि र हासिमोतो केन्की कम्पनी लिमिटेडले सो उपकरण वितरण गरेको हो । ती कम्पनीहरुले नेपालमा परोपकारी कार्यका लागि सो उपकरण निःशुल्क वितरण गरेको हो ।

ताहोकु कुरोसावा केन्सेत्सु कम्पनीले नेपाली समाजलाई थप योगदान होस भनेर कोबेल्को मिनी एक्साभेटर प्रदान गरेको जानकारी दिएको छ ।

मिनी एक्साभेटरका अलाबा हासिमोतो केन्की कम्पनी लिमिटेडले सोही एक्साभेटरमा लाग्ने एक थान हाइड्रोलिक रक ब्रेकर समेत निःशुल्क उपलब्ध गराएको छ । कोबेल्को कन्सट्रक्सन मेसिनरी कम्पनी लिमिटेडले उक्त मेसिनको ढुवानी र भन्सार खर्च समेत बेहोरेको छ ।

उक्त समारोहमा पाल्पा र मित्यालका दुर्गम क्षेत्रका बासिन्दाको सेवामा जीवनका अढाई दशक बिताएका ओके बाजेले मेसिन बुझेको विज्ञप्तीमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL