Logo

साताको अन्तिम दिन नेप्सेमा रातो बत्ती, कारोबार रकममा ग्रीन सिग्नल

साताको अन्तिम दिन नेप्सेमा रातो बत्ती, कारोबार रकममा ग्रीन सिग्नल



काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय बढेर ओरालो लागेको बजारमा अन्तिममा ३ दशमलव ३१ अंकले घट्न पुगेको हो ।

बजारमा होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २४ अंकले घटेको छ भने माईक्रोफाइनान्स समुहको परिसुचक करिब १३ अंकले घट्न पुगेको छ ।

यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ् समुहको परिसुचक पनि ३ अंकले घट्न पुगेको छ भने अन्य समुहका परिसुचक पनि सामान्य रुपमा ओरालो लागेका छन् ।

बिहीबार नेप्से परिसुचक घटेपनि कारोबार रकम भने बढ्न पुगेको छ । अनलाईन कारोबार संचालनमा आएसँगै घटेको कारोबार रकम बिहीबार बढेर २३ करोड ९८ लाख रुपैयाँको सेयर खरिदबिक्री भए । दिनभर कुल १ सय ५८ कम्पनीको ८ लाख २७ हजार कित्ता सेयर कारोबार भएको छ । जसमा सबैभन्दा बढी प्रभु बैंकको २ करोड ३१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL