Logo

नेप्सेमा अनलाईन कारोबारको झट्का, बजार दोहोरो अंकले घट्दा १३ करोडको कारोबार

नेप्सेमा अनलाईन कारोबारको झट्का, बजार दोहोरो अंकले घट्दा १३ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले अनलाईन कारोबार संचालनमा ल्याएसँगै बजारमा उच्च वृद्धि हुने आशमा बसेका लगानीकर्ता अन्ततः निराश भएका छन् ।

अनलाईन कारोबार प्रणालीले नेप्से परिसुचक कारोबार रकम दुबै बढ्नुको सट्टा दुबै ओरालो लागेका छन् । अनलाईन प्रणालीमा त्रुटि भएकै कारण आईतबार लामो समयपछिको सबैभन्दा न्युन कारोबार भयो भने बजारमा दोहोरो अंकको गिरावट आएको थियो ।

यसैगरी सोमबार पनि बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार खुलेदेखि नै आरोलो लागेको बजारमा अन्तमा १३ अंकको गिरावट आयो । बजारमा कारोबार रकम आईतबारको तुलनमा सुधार आएपनि १३ करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री हुन सकेन ।

सोमबार बजारमा फाईनान्स बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय अंकले घट्दा जीवन बीमा समुहको परिसुचक ९२ अंकले ओरालो लागेको छ । बजारमा दिनभर १ सय ३१ कम्पनीको ४ लाख १३ हजार कित्ता सेयर कारोबार भएको छ ।

यसैगरी बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । सो समुहको परिसुचक १० अंकले घट्दा माईक्रोफाइनान्स समुहको परिसुचकमा २३ र विकास बैंक समुहको परिसुचक ७ दशलमव ६३ अंकले घट्न पुगेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL