Logo

अटोलोन प्रदान गर्न त्रिपक्षीय सम्झौता, दुगडको पियाजियोेमा सिभिल र माछापुच्छ्रे बैंकको लगानी

अटोलोन प्रदान गर्न त्रिपक्षीय सम्झौता, दुगडको पियाजियोेमा सिभिल र माछापुच्छ्रे बैंकको लगानी



काठमाडौं । पियाजियोमा लगानीका लागि सिभिल बैंक, माछापुच्छ्रे बैंक तथा विवेक अटोमोबाइल्स प्रालिबीच सम्झौता भएको छ ।

शुक्रबार भएको त्रिपक्षीय सम्झौतामा अटो मोबाइल्सका कार्यकारी निर्देशक विवेक दुगड, सिभिल बैंकका चिफ बिजनेस अफिसर सुजित कुमार शाक्य, माछापुच्छ्रे बैंकका चिफबिजनेस अफिसर सर्जु थापाले हस्ताक्षर गरेका छन । बैंकहरुले राष्ट्र बैंकको निर्देशन अनुसार स्वरोजगार कर्जा कार्यक्रमको सीमालाई प्रभावकारी र फराकिलो बनाउन उक्त सम्झौता गरेको जारी बिज्ञप्तीमा उल्लेख छ ।

कर्जा कार्यक्रम अन्तर्गत ईटालियन ब्राण्डको ३ पांग्रे सवारी साधन ‘पियाजो’ लाई सरल तथा छरितो तवरले ७० प्रतिशतसम्म लगानी गर्ने बैंकहरुले जानकारी दिएको छ ।

सानो पूँजी लगानी बाटै सञ्चालन गर्न सकिने तिन पांग्रे सवारी साधन यात्रु ओसारपसार तथा सामान ढुवानीको लागि महत्वपूर्ण मानिन्छ ।

सम्झौताबाट नेपालका बेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोकी नेपालमै रोजगारीको अवसर सृजनागर्न सहज भएको प्रालिका निर्देशक दुगडले बताएका छन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL