Logo

कतार एयरवेजले सुरु गर्याे ‘ओरिक्स किड्स’ क्लव, बच्चालाई खेलौना र उपहार

कतार एयरवेजले सुरु गर्याे ‘ओरिक्स किड्स’ क्लव, बच्चालाई खेलौना र उपहार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कतार एयरवेजले ‘ओरिक्स किड्स’ क्लबको सार्वजनिक गरेको छ । बुधबार आयोजीत एक कार्यक्रममा कतार एयरवेजले उक्त सेवाको घोषणा गरेको हो ।

खासगरी बालबालिकालाई केन्द्रित गरी सुरु गरिएको उक्त सेवाले उनीहरुलाई उडानको समयमा अझै रमाइलो वातावरण सिर्जना गर्ने अपेक्षा राखिएको कम्पनीले जानकारी दिएको छ । उक्त घोषणा कार्यक्रममा कतार एयरवेजका वाणिज्य प्रमुख इह्याव अमिन र वरिष्ठ उपाध्यक्ष सलम अल सावाको उपस्थिति रहेको थियो ।

यसका साथै कार्यक्रममा ओरीक्स हिरो मस्कटका पात्रहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा बोल्दै इह्याव अमिनले यस सिमिकको सेवा लिन सेवाग्राहीलाई आमन्त्रण गरेका छन । यसका साथै एयरवेजका वरिष्ठ उपाध्यक्ष सलम अल सावाले आफ्नो कम्पनी संधै पारिवारीक उडानको लागि आरामदायी भएको बताएका छन ।

उक्त सेवा अन्तरगत २ देखि ११ बर्ष उमेर समुहका बालबालिकालाई समावेश गरिने कम्पनीले जानकारी दिएको छ । जस अन्तरगत उनीहरुले विभिन्न खेलौनाका साथै आकर्षक उपहार प्राप्त गर्न सक्नेछन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL