Logo

सोल्टि होटलको नाफा घट्यो, तीन महिनामा ३५ लाख ३५ हजार रुपैयाँ

सोल्टि होटलको नाफा घट्यो, तीन महिनामा ३५ लाख ३५ हजार रुपैयाँ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालु आर्थिक बर्षमा सोल्टी होटलको नाफा घटेको छ । चालु आवको पहिलो तीन महिनामा गत बर्षको सोही अवधिको तुलनामा २ करोड ७९ लाख रुपैयाँले नाफा घटेको हो ।

होटलले असोज मसान्तसम्ममा ३५ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । २०७३ असोजमा होटलको नाफा ३ करोड १५ लाख रुपैयाँ थियो।

होटलले सेवा बिक्री मार्फत २६ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन आम्दानी गत वर्षको यहि अवधिको भन्दा कम हो । गत बर्ष २९ करोड ४१ लाख रुपैयाँ थियो। होटलको तीन महिनामा तलव भत्ता, प्रशासन खर्च, ऋणको व्याज, बैदेशीक मुद्रा, ह्रास कट्टी तर्फ खर्च बढेको देखिएको छ।

कम्पनीको चुक्ता पूँजी ५७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिसेयर  १० रुपैयाँ अंकित मूल्य रहेको होटलको प्रतिसेयर  आम्दानी ०.०६ रुपैयाँ छ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL