Logo

फोर्डको नयाँ ‘इकोस्पोर्ट फन’ नेपाली बजारमा

फोर्डको नयाँ ‘इकोस्पोर्ट फन’ नेपाली बजारमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।फोर्डको नयाँ स्टाइलको ‘इकोस्पोर्ट फन’ गाडी नेपाली बजारमा भित्रिएको छ । फोर्डको नेपालका लागि आधिकारीक बिक्रेता जिओ अटोमावाइल्सले नयाँ इकोस्पोर्ट नेपाली बजारमा ल्याएको हो ।

फोर्डको नयाँ इकोस्पोर्टमा १ हजार ६ सयभन्दा बढी नयाँ पार्टपुर्जा राखेर शक्तिशाली इन्जिन तथा अझै राम्रो लुक्समा तयार गरिएको कम्पनीले जानकारी दिएको छ । फन इकोस्पोर्टस स्टाइल र टेक्नोलोजीको कम्बिनेशन भएको फोर्डका प्रेसिडेन्ट तथा प्रबन्धक निर्देशक अनुराग मेहरोत्राले बताए ।

कम्पनीकाअनुसार गाडीमा राखिएको इन्जिन पहिलाको इकोस्पोर्टको तुलनामा सानो, हलुका र कार्यकौशलपुर्ण रहेका छन् । १.५ लिटर टीआई–भीसीटी सिलिण्डरयुक्त इन्जिनमा उपलब्ध सो गाडीले १२३ पीएस पावर प्रदान गर्नेछ ।

कम्पनीले नेपाली बजारमा रेस रेड, एब्सुलेट ब्लू, ग्रे, ब्ल्यायक लगायत विभिन्न ७ वटा रङका गाडीहरु उपलब्ध गराएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL