Logo

सामाखुशीमा खुल्यो कोइराला मार्ट, ओपनिङमा १० प्रतिशत छुट

सामाखुशीमा खुल्यो कोइराला मार्ट, ओपनिङमा १० प्रतिशत छुट


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । काठमाडौंमा शुक्रबारदेखि काईराला मार्ट संचालनमा आएको छ । सामाखुशी, गल्कोपाखा, मैह्पी, गोङ्गबु क्षेत्र आसपास स्थानीय बासिन्दाको किनमेललाई सहजता बनाउने उद्देश्य अनुरुप उक्त मार्ट संचालमा ल्याएको मार्टका अध्यक्ष रुद्र कोइरालाले बताए ।

सामाखुशीको रेडन कलेजसँगै संचालनमा ल्याएको उक्त मार्टमा विभिन्न अन्तराष्ट्रिय ब्राण्डका सामानहरु राखिएका छन् । घरको किचनमा आवश्यक सम्पूर्ण सामाग्रीदेखि जुत्ता, ब्राण्डेड कम्पनीका मेन्स वेयर, कस्मेटिक सामानहरु राखिएका छन् । ग्राहकको चाहना अनुसार विभिन्न ब्राण्डका घरायसी सरसामान सँगै ग्राहकहरुको चाहना अनुसार सस्तो, सरल र सुलभ मुल्यमा आफुले खोजे जस्तो सामाग्रीहरु उपलब्ध भएको कोइरालाको दावी छ ।

उनका अनुसार मार्टमा स्वेदशी उत्पादनसँगै चीन, भारत, थाइल्याण्ड, बंगलादेश, मलेसिया लगायतका ब्राण्डेड सामानहरु पाइनेछ । ग्राहकको स्वास्थ्यमा विशेष ध्यान राख्दै खाद्य सामाग्रीमा कुनै पनि भुलचुक समेत हुन नदिन आफुहरुले अलग्गै समिति समेत बनाएको उनले जानकारी दिए ।

कोइराला मार्टले अहिले शुभारम्भको अवसर भाइटिकाको दिनसम्म १० प्रतिशत छुट दिएको छ । त्यसपछि पनि आवश्यकता अनुसार छुट दिने र एकपटक आएका ग्राहकलाई पुनः आइरहने वातावरण बनाउने उनको भनाइ थियो । १० करोड रुपैयाँमा खुलेको सो मार्टमा पर्याप्त पार्किङ स्पेस रहेको छ । साथै आगामी दिनमा मार्टका अन्य शाखाहरु समेत खोलिने उनले जानकारी दिए ।

पोखरा केन्द्रित व्यवसाय गर्दै आएको कोइराला समूहले पोखरामा भानु मेशिनरी भानु ग्याँस संचालन गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL